INTRODUCTION (परिचय)
इरह कम्पनी प्रा.लि. (Irah Company Pvt.Ltd.) कृषि जन्य उत्पादनहरु को बिक्री,बितरण,शिक्षा तथा तालिम इरह कम्पनी मार्फत गर्ने उद्देश्य राखी कम्पनी ऐन २०६३ अधीनमा रही वस्तु र सेवाको बिक्रि गर्ने ईजाजत प्राप्त कम्पनी हो।देशको प्राकृतिक श्रोत साधन र उत्पादनहरुको उच्चतम सदुपयोग गरी स्वरोजगार, उद्यमशील बिकास, ब्यक्तित्व बिकास तथा नेतृत्व बिकास गर्दै सबल र आत्मनिर्भर अर्थतन्त्रको बिकासमा योगदान पुयाउने उद्देश्यले बिशुद्ध नेपाली लगानी र व्यबस्थापनद्वारा संचालित हो। देशको प्राकृतिक श्रोत साधन र उत्पादनहरुको उच्चतम सदुपयोग गरी स्वरोजगार, उद्यमशील बिकास, ब्यक्तित्व बिकास तथा नेतृत्व बिकास गर्दै सबल र आत्मनिर्भर अर्थतन्त्रको बिकासमा योगदान पुयाउने उद्देश्यले बिशुद्ध नेपाली लगानी र व्यबस्थापनद्वारा संचालित यो कम्पनीको स्थापना कम्पनि ऐन २०६३ बमोजिम नेपाल सरकार कम्पनि रजिष्ट्रारको कार्यालयबाट बि. सं. २०७८ सालमा भएको हो ।
यस कम्पनीको कार्यालय जनकपुरधाम-४ मा रहेको छ। कम्पनीको ब्यबस्थापन जिम्मेवारी दक्ष, अनुभवि यस कम्पनी को सि.ई.ओ. यस उधोगको सर्कय महानयोद्धा हुनुहुन्छ। "उत्पादक तथा ग्राहक नै यस कम्पनीका प्रमुख संचालकहरु हुन्” भन्ने अवधारणामा आधारित यो कम्पनि आफ्ना हरेक क्रियाकलापहरुलाई ग्राहकमुखी बनाई उनीहरुलाई सन्तुष्ट मात्र पार्ने होईन बरु प्रशन्न बनाउन चाहन्छ भन्ने दर्शनमा यो कम्पनि विश्वास गर्दछ। बहुआयामिक व्यक्तित्वहरुलाई समेटेर संस्थागत व्यवस्थापन गरिएको यस कम्पनिको अभियानले बेरोजगारी तथा गरीबीको समस्या समाधानमा टेवा पुयाउनुको साथसाथै कम्पनिको तालिम कार्यक्रमले सकारात्मक सोच भएका,आत्मनिर्भर, श्रृजनशिल, प्रतिभावान, उद्यमशिल, कर्मशिल युवा जनशक्तिको अभावको परिपूर्तिमा नमूना कार्यक्रम हुने लक्ष्य तथा विश्वास लिईएको छ । निकट भविश्यमा नै यसले अन्तराष्ट्रिय बजारमा समेत आफ्नो उत्पादनहरु बिक्रि बितरण तथा प्रबर्द्धन गर्ने उद्धेश्य अनुरुप काम अगाडी बढाईरहेको छ ।
बिश्वबजारको ब्यवसायिक प्रतिस्पर्धामा स्थापनाको १० बर्ष मै आफुलाई अझ सशक्त रुपमा विश्वबजारमा बिस्तार गर्नको लागि विश्वबजार बिस्तार लाई महाअभियानको रुपमा लिइ द्रुत गतिमा अगाडि बढदै छ। जस्तो सुकै समस्या र झन्झटलाई झेलेर पनि आफूलाई बलियो र अझ स्थापित गराउदै निरन्तर अगाडि बढिरहेको छ ।
MISSION (मिशन)
आफ्नो संगठनात्मक परिश्रमका साथ, उपलब्ध सर्वोत्कृष्ट अवसर, सेवा तथा उपलब्ध धरातलहरुलाई उपयोग गर्दै ग्राहक, वितरक कर्मचारी, साझेदार तथा समाजमाझ नेपालकै सर्वोत्कृष्ट "मार्केटिङ्क" (Marketing) कम्पनीको रुपमा पहिचान बनाउनका लागिः
• ग्राहकहरु माझ उच्च गुणस्तरिय कृषि सम्बन्धी उत्पादनहरु उपलब्ध गराउने ।
• व्यापारका अवसरहरुलाई सहज बनाउन प्रत्येक लाई तालिम, संचार र विजनेश टुल्सबाट सुसज्जीत गराउने ।
• आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई आर्कषक व्यावसायिक उन्नतिका लागि अवसर प्रदान गर्ने ।
• आफ्ना सेवालाई सक्षम, निर्दिष्ट र एकरुप बनाउन सर्वोत्कृष्ट व्यवस्थापन प्रणाली अपनाउने ।संसारमा नैतिक र व्यवसायिक लिडरहरुको उत्पादन गरी कम्पनिलाई विश्वभर फैलाउने ।
VISION (भिजन)
नेपालमा ५००० पूर्ण जैविक उत्पादन केन्द्र बनाउने।ग्राहक, वितरक तथा कम्पनी समृद्धिका निमित्त स्वच्छ मार्केटिङ्ग पद्धतिद्धारा दृढ प्रतिबद्धताका साथ संसारमा नेतृत्व पंक्तिमा उभ्याउदै समृद्धि तथा सामाजिक प्रतिष्ठा प्राप्त गर्नका लागि ग्राहकहरु लाई उपयुक्त व्यापारिक धरातल प्रदान गर्दै संसारभर यस कम्पनीलाई विस्तार गर्ने ।